-
प्रधानमन्त्री केपी ओलीले मेलम्ची बाढी पीडितहरुलाई प्रतिपरिवार ५० हजार रुपैयाँ उपलव्ध गराउने घोषणा गरेका छन् । सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न शनिबार मेलम्ची पुगेका प्रधानमन्त्री ओलीले राहतको घोषणा गरेका हुन् ।
उनले बाढीप्रभावितलाई अस्थायी बसोबासका लागि १५ सय बण्डल जस्तापाता उपलव्ध गराउने घोषणा पनि गरेका छन् । प्रधानमन्त्री ओलीले बाढी प्रभावित स्थानमा तत्कालीन र दीर्घकालिन कामबारे योजना बनाई कार्यान्वयन गर्नका लागि आफु सरोकारवाला निकायका पदाधिकारीसहित प्रभावित क्षेत्रमा आएको बताए । उनले पुनर्निर्माणका कामलाई योजनावद्ध र तिब्रताका साथ अघि बढाउने प्रतिवद्धतासमेत जनाए ।
प्रधानमन्त्री ओलीले जनता, संघसंस्था र सरकार मिलेर विपद्मा परेकालाई राहत तथा उद्धारमा सहयोग गर्नुपर्नेमा जोड दिए । उनले सहयोग देखाउनका लागि नभई कठिनाई घटाउनका लागि हुनुपर्ने बताए । उनले दाताहरुलाई स्थानीय निकाय वा संघ संस्थासंग प्रभावितहरुको लगत रहेको र त्यही लगतको आधारमा आवश्यकताको सिद्धान्त अनुसार राहत वितरण गरिने हुँदा स्थानीय निकायलाई नै राहत उपलब्ध गराउन आग्रह गरे ।
प्रधानमन्त्री ओलीले जनताको समस्यामा राजनीति गरेर विकासमा बाधा पुराउने काम नगर्न आग्रह समेत गरेका छन् । प्रधानमन्त्रीका साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, पूर्वमन्त्री शेरबहादुर तामाङ पनि गएका थिए । यही असार १ गते आएको बाढीपहिरोबाट हेलम्बु र मेलम्चीमा जनधनको ठूलो क्षति भएको थियो ।
News Desk 0 response शनिबार, असार २६, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





