• बर्षाका कारण काठमाडौंको धोवी खोला कोरिडोर आसपासका क्षेत्र डुवानमा परेको छ । बर्षापछि पानी जाने निकास नभएकाले सो क्षेत्र डुवान परेको हो । कोरिडोर आसपासका क्षेत्रका केहि घरहरूमा बाढी पसेको छ । निरन्तरको वर्षाले मदन भण्डारी कलेज वरपरको क्षेत्र जलमग्न बन्यो ।

    सडकमा राखिएका गाडी समेत डुवानमा परेका थिए भने सर्वसाधारणको आवतजावतमा समस्या भएको थियो । धोवी खोला कोरिडोरलाई व्यवस्थीत बनाइपनि पानी निकास हुने ठाँउको अभाव भएपछि सो क्षेत्र डुवानमा पर्दै आएको छ । यस्तै भारी वर्षाका कारण काठमाडौंका बानेश्वर, मैतीदेवी, घट्टेकुलो, माइतीघर, पुतलीसडक लगायतका क्षेत्र पनि जलमग्न बनेको छ । सडकमा पानी जमेपछि केहीबेर मानिसहरुलाई आवतजावत गर्न र सवारी आवागमनमा समेत समस्या परेको थियो ।

    तीनकुने क्षेत्रमा ढल फुटेर सडक जलमग्न हुँदा केहीबेर यातायात आवतजावत नै प्रभावित बनेको थियो । पुतलीसडक क्षेत्रमा पछिल्लो समय ढल व्यवस्थापन गर्दा सडकमा पानी जम्ने समस्यामा केही कमी आए पनि आज दिउँसो ठूलो पानी परेपछि फेरि सडक जलमग्न बनेको हो ।

4565