-
नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाले पार्टीको आगामी नेतृत्व दोश्रो पुस्ताका नेताले गर्ने बताएका छन् । उनले अबको नेतृत्व आफु, बिमलेन्द्र निधि र प्रकाशमान सिंह मध्ये एक जनाले लिने उद्घोष गरे । महामन्त्री कोइरालाले पार्टी सभापति शेर बहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्ने भन्दै नेताद्वयलाई आफुले त्यस किसिमको भूमिकाका लागि आग्रह गर्ने बताए ।
महामन्त्री कोइरालाले यो महिना भित्र क्रियाशिल सदस्यता टुंगो लगाउन सकिएन भने तोकिएको समयमा महाधिवेशन हुँदैन कि भन्ने शंका उब्जने बताए । उनले अहिले नै तोकिएको समयमा महाधिवेशन हुन्छ कि हुँदैन भन्न सक्ने अवस्था नरहेको बताए ।
कोइरालाले आफ्नो एजेण्डा भनेको पार्टीलाई एकजुट बनाउने भएको बताउदै कांग्रेस गुट उपगुटका कारण संकटमा पर्न लागेको बताए । विधि र विधान अनुसार पार्टी संचालन गर्ने आफ्नो एजेण्डा भएको महामन्त्री कोइरालाले बताए ।
News Desk 0 response शनिबार, असार २६, २०७८
सम्बन्धित शीर्षकहरु
-
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३
-
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३





