-
विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा दर्शक नराखिने भएको छ । यही जुलाई २३ देखि जापानमा शुरु हुने टोकियो ओलम्पिक दर्शक विना नै आयोजना गरिने भएको हो । कोरोना महामारीलाई ध्यानमा राख्दै ओलम्पिकमा दर्शकलाई प्रवेश नदिइने निर्णय गरिएको हो ।
जपान सरकार, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, अन्तर्राष्ट्रिय पाराओलम्पिक कमिटी, टोकियो २०२० आयोजक समिति र टोकियो मेट्रोपोलिसननबीचको बैठकले दर्शकलाई प्रवेश गर्न नदिने निर्णय गरेको हो । आयोजित समितिका अध्यक्ष सेइको हासिमोटोले दर्शकलाई प्रवेश अनुमति दिन नपाउँदा दुःख लागेको बताएका छन । उनले ओलम्पिकका लागि टिकट लिइसकेकाहरुसँग माफी समेत मागेका छन् ।
ओलम्पिक शुरु हुन अब दुई साता मात्र बाँकी छ । ३१औं गृष्मकालीन ओलम्पिक जुलाई २३ देखि अगष्ट ८ सम्म आयोजना हुँदैछ । ३३ खेलका ३ सय ३९ इभेन्ट हुनेछन् भने प्रतियोगितामा करिब ११ हजार खेलाडीले सहभागिता जनाउनेछन् । फुटबल र सफ्टबलका खेलहरु भने जुलाई २१ मै शुरु हुनेछन् ।
News Desk 0 response शुक्रबार, असार २५, २०७८
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





