-
युरोकप फुटबलको दोस्रो सेमिफाइनलमा आज राति इंग्ल्यान्ड र डेनमार्क भिड्दैछन् । बेलायतको लण्डनस्थित वेम्बली स्टेडियममा दुई देशबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ । दुवै टोली फाइनल पुग्ने लक्ष्यसहित मैदानमा उत्रने छन् ।
आजको खेलको विजेताले उपाधिका लागि इटालीसँग प्रतिस्पर्धा गर्नेछ । इटाली गएराति स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै फाइनलमा पुगेको हो । इंग्ल्यान्डले क्वाटरफाइनलमा युक्रेनलाई ४–० र प्रिक्वाटरफाइनलमा जर्मनीलाई २–० ले हराएको थियो । इंग्ल्यान्ड २५ वर्षपछि युरोकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।
डेनमार्क चेक रिपब्लिकलाई २–१ ले हराउँदै सेमिफाइनलमा पुगेको हो । डेनमार्कले भने प्रि–क्वाटरफाइनलमा वेल्सलाई ४–० ले हराएको थियो । इंग्ल्यान्ड र डेनमार्कबीच अहिलेसम्म २१ पटक प्रतिस्पर्धा भएको छ । जसमा इंग्ल्यान्डले १२ र डेनर्माकले चार खेल जितेका छन् । ५ खेल बराबरीमा सकिएको थियो ।
News Desk 0 response बुधबार, असार २३, २०७८
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





