• पछिल्लो २४ घण्टामा देशभर २ हजार ९ सय ७९ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ७ हजार ८ सय ३५ वटा नमुना पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ७७ र ४ हजार ६३ वटा नमुना एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय २ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ६ लाख ९० हजार ९ सय ७४ पुगेको छ ।

    त्यस्तै, कोरोनाका कारण पछिल्लो २४ घण्टामा २८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ९ हजार २ सय ९१ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा देशभर एक हजार ३ सय ३३ जना संक्रमण मुक्त भएका छन् । योसँगै कोरोना मुक्त हुनेको कूल संख्या ६ लाख १४ हजार ३ सय २७ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोनाका ५ सय ४३ जना संक्रमित थपिएका छन् ।

    काठमाडौंमा ३ सय ९०, भक्तपुरमा ६७ र ललितपुरमा ८६ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २६ हजार ५ सय ४४ रहेका छन् । हाल उपत्यकाका तीनसहित कास्की, चितवन, मकवानपुर, झापा, मोरङ र सुनसरीमा सक्रिय संक्रमितको संख्या ५ सय भन्दा बढी छन् ।।

4565