-
युरोकप फुटबलको पहिलो सेमिफाइनलमा आज राति इटाली र स्पेन भिड्दैछन् । दुई देशबीचको खेल इंग्ल्यान्डको वेम्बली स्टेडियममा नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ ।
आज दुवै देश फाइनल पुग्ने लक्ष्यसहित मैदानमा उत्रने छन् । दुवै बलिया टोलीबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ । इटालीले क्वाटरफाइनलमा फिफा वरियताको एक नम्बरमा रहेको बेल्जियमलाई २–१ ले हराउँदै स्पेनसँगको भेट पक्का गरेको हो । इटालीले प्रिक्वाटरफाइनलमा अष्ट्रियालाई २–१ गोल अन्तरले हराएको थियो ।
तीन पटकको युरोकप च्याम्पियन स्पेनले क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–१ र प्रि–क्वाटरफाइनलमा क्रोएसियालाई अतिरिक्त समयमा ५–३ गोल अन्तरले पराजित गरेको थियो । इटाली र स्पेनबीच हालसम्म ३३ खेलमा प्रतिस्पर्धा भएको छ ।
जसमा स्पेनले १२ र इटालीले ९ खेल जितेको छ । १२ खेल बराबरीमा सकिएको थियो । युरोपियन च्याम्पियनसिपमा दुई टिमबीच सातौं पटक प्रतिस्पर्धा हुन लागेको हो । इटाली र स्पेनबीचको विजेताले फाइनलमा इंग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग प्रतिस्पधा गर्नेछ । इंग्ल्यान्ड र डेनमार्कबीचको दोस्रो सेमिफाइनल खेल बुधबार राति हुनेछ ।
News Desk 0 response मङ्लबार, असार २२, २०७८
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





