• रूसको सुदुर पूर्वी क्षेत्रबाट मंगलबार बिहान २८ यात्रु लिएर उडेको विमान दुर्घटना हुँदा विमानमा सवार सवैको मृत्यु भएको छ । विमानमा छ चालक दलका सदस्य र २२ जना यात्रु रहेको अन्तराष्ट्रिय संचामाध्यामहरुले जनाएका छन् ।

    रूसको पेट्रोपाभलोस्क–कामचास्कीबाट पालानाका लागि उडेको विमान कामचात्का क्षेत्रमा पुगेपछि सम्पर्क विच्छेद भएको थियो । रूसी आपतकालीन सेवा मन्त्रालयको प्रमुख महा–निर्देशनालयका अनुसार सो विमानमा सवार अधिकांश पालानाका बासिन्दा थिए । रुसी सरकारले विमान दुर्घटनाको कारण खोजी गरिरहेको बताइएको छ ।

4565