-
दुर्लभ बन्यजन्तु अखेटोपहारको अबैध कारोबार र जुवातास सट्टेबाजी गर्ने चिनिया गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर टेकु र लेनचौर बृत्तवाट खटिएको टोलीले काठमाडौं महानगरपालिका वडा नं. १७ ज्याठामा रहेको एक होटलबाट चिनिया नागरिकहरुलाई पक्राउ गरेको हो । दुर्भल बन्यजन्तुको अखेटोपहारको अबैध कारोबार र जुवातासको सट्टाबाजि खेलाईरहेको अबस्थामा चार जना चिनिया नागरीकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ परेका व्यक्तिहरुबाट जुवातास खेल्न प्रयोग गरेका बिद्युतिय टेबल २ थान, जुवातास खेल्न प्रयोग हुन चाईनिज भाषा माजुङ बताउने प्लाष्टिकको गोटी ४१० थान, नगद ८ लाख ८९ हजार १५५ रुपैयाँ, बिभिन्न कम्पनीका मोबाईल ७ थान, बरामद गरेको छ ।
यसैगरी उनीहरुकाट बाघको छाला जस्तो देखीने वस्तु १ थान, गाईको छाला जस्तो देखीने वस्तु १ थान, कस्तुरीको बिना जस्तो देखीने वस्तु २० थान, बुद्वचित्त ९०० थान र रुद्राक्ष अन्दाजी २० किलोग्राम बरामद गरेको छ । प्रहरीले धारिलो हतियार प्रयोग गरी ज्यान मारेको अभियोगमा पक्राउ परेका ३ जनालाई पनि सार्वजनिक गरेको छ । यही असार २० गते महोत्तरी जलेश्वर नगरपालिका वडा नं. २ घर भई हाल थानकोट बस्ने २० वर्षिय जितेन्द्र साहको हत्या गर्ने सोमलाल गोपाली, मनोज दोङ तामाङ र साहिल गोपालीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
News Desk 0 response मङ्लबार, असार २२, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३