• रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान मेडिकल कलेज राजविराजमा बन्ने निश्चित भएको छ । जग्गा विवादको निरुपण गराउँदै प्रधानमन्त्री केपी ओलीले मंगलबार काठमाडौंबाट भर्चुअल माध्यमबाट शिलान्यास गरेपछि प्रतिष्ठान निर्माणको बाटो सुनिश्चित भएको हो । सो अवसरमा प्रधानमन्त्री ओलीले जिल्लाको विकासका लागि सबै राजनीतिक दल, जनप्रतिनिधी तथा सप्तरीवासीलाई एकजुट भई सघाउन समेत आग्रह गरे ।

    राजविराज नगरपालिकाले १० नं. वडा बिरौलस्थित हुलाकी राजमार्ग छेउमा ६२ विगहा जग्गा उपलब्ध गराएको थियो । तर, उक्त जग्गा यसअघि नै नगरपालिकाले कृषि हाट बजारका लागि लिजमा दिइसकेको भन्दै स्थानिय एक सहकारी संस्थाले दाबी गरेपछि जग्गा विवाद उत्पन्न भई प्रतिषठान निर्माण अन्यौलमा परेको थियो । विवादका कारण नगरपालिकाले उपलब्ध गराएको जग्गा प्रतिष्ठानको नाउमा आउन नसक्दा कुनै काम अघि बढ्न सकेको थिएन् ।

    प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिका निर्देशक डा. रन्जित झाले ११ अर्ब ९८ करोडको लागतमा निर्माण हुन लागेको आयोजनाले जिल्लाका साथै प्रदेशमै स्तरिय स्वास्थ्य सेवाका साथै प्रदेशको समृद्धिमा सहयोग पुग्ने बताउँदै अबको पाँच वर्षभित्र आयोजना सम्पन्न गरिसक्ने लक्ष्य रहेको बताए ।

4565