• आईतबार विहान सैन्य विमान दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । उनीहरुको शब दुर्घटनास्थलबाट बाहिर निकालिएको छ । सेना प्रमुख जनरल सिरिलितो सोबेजानाले जलिरहेको सि–१३० विमानबाट अन्य ४० जनाको उद्दार गरिएको जनाएका छन् ।

    विमानमा ८५ जना सैनिक सवार थिए । राजधानी मनिलाबाट ६ सय २१ माइल दक्षिण पश्चिममा रहेको जोलो टापुमा अवतरण गर्ने प्रयास गरिरहेका बेला विमान दुर्घटनामा परेको बताइएको छ । धावनमार्ग पहिल्याउन नसक्दा विमान दुर्घटना भएको अन्तराष्ट्रिय संचारमाध्यामहरुले जनाएका छन् । सोबेजानाले राहत र उद्धार टोलीहरू घटनास्थल पुगिसकेको जानकारी दिएका छन् । यात्रारत व्यक्ति भर्खरै आधारभूत सैन्य प्रशिक्षण लिएका थिए ।

4565