• प्रधानमन्त्री केपी ओलीले कोरोना विरुद्धको चाहेजति खोप छिट्टै आउने दाबी गरेका छन् । एमाले केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विपक्षी गठबन्धनले खोप ल्याउन अवरोध गरेको आरोप पनि लगाए । विपक्षीको अवरोधका बाबजुद अब कोरोना भाइरस विरुद्धको खोपको अभाव हुन नदिने उनले दाबी गरे ।

    नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आउने आइतबारदेखि नै चाहेजति खोप नेपाल आउने दाबी गरेका हुन् । उनले विपक्षी गठबन्धनका नेताहरुले खोप ल्याउन अवरोध पु¥याएको आरोप समेत लगाए ।

    प्रधानमन्त्री ओलीले देशभित्रको प्रगतिशिल शक्तिलाई बदनाम गर्न र कमजोर पार्नका निम्ति अनेक खालका प्रयासहरु भइरहेको बताए । उनले देशलाई अनुशासनहिन, उछृखंल र सामाजिक सभ्यताहरुको उल्लंघन गरेर स्तरहिन प्रवृत्तितर्फ धकेल्न खोजिएको बताए । उनले जनताको बीचमा एमालेको साख गिराएर आफ्नै पार्टीको सरकार ढालेर प्रमुख प्रतिपक्षी दलको नेतृत्वमा सरकार बनाउनका लागि संसदीय अभ्यास र दलीय अनुशासनलाई समेत उल्लंघन गर्ने काम भएको टिप्पणी गरे ।

    राष्ट्रपति विद्यादेवी भण्डारीको विरोध भइरहेकोमा चित्त दुखाउँदै प्रधानमन्त्री ओलीले निकृष्ट तहमा ओर्लिएर राष्ट्रपतिलाई गाली गलौज, अपमान र झुठा लाञ्छना लगाएर समाजलाई असभ्य बनाउन खोजिएको जिकिर गरे ।प्रधानमन्त्री ओलीले निषेधाज्ञा तोडेर राजनीतिक दलहरु पुत्ला दहनमा लागेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।

4565