• नेकपा एमालेले माधवकुमार नेपाल पक्षका नेताहरुलाई हस्ताक्षर फिर्ता लिन सोमबार साँझ ५ बजेसम्मको समयसीमा दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले विपक्षी दलका नेतालाई प्रधानमन्त्रीको प्रस्ताव गर्दै राष्ट्रपति र सर्वोच्च अदालतमा हस्ताक्षर दिएका सांसदहरूलाई हस्ताक्षर फिर्ता लिन सोमबार साँझसम्मको समय दिएको हो ।

    बैठकले खोप अबिलम्व उपलव्ध गराएर कोरोना महामारीबाट जनताको ज्यान जोगाउन सरकारको ध्यानाकर्षण पनि गराएको छ । त्यस्तै वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्चको व्यवस्था पार्टीको तर्फबाट गरिने प्रस्ताव पनि पारित गरेको छ । बैठकले कम्युनिस्ट पार्टी स्थापनाको सय वर्षको उपलक्ष्यमा चीनले प्राप्त गरेका उपलब्धिका लागि चिनियाँ जनताप्रति बधाई पनि ज्ञापन गरेको छ ।

4565