-
नेपालमा कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ । पछिल्लो केहीदिन देखि संक्रमितको संख्यामा लगातार वृद्धि भइरहेको छ । एक दिनमा दुई हजारभन्दा तल घटेको संक्रमितको संख्या अहिले फेरि तीन हजारको हाराहारीमा पुगेको छ । पछिल्लो २४ घण्टामा २ हजार ८ सय ९२ संक्रमित थपिएका छन् ।
७ हजार १ सय ८७ जनामा गरिएको पीसीआर परीक्षणमा १८ सय ८९ जना र ४ हजार ३ सय ८१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार ३ जना गरी २ हजार ८ सय ९२ जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या मंगलबार संक्रमण पुष्टि भएको २५६ जनाले बढी हो । त्यस्तै सोमबार २ हजार ४ सय ४४ जना र आइतबार १ हजार ९ सय २० जनामा संक्रमण पुष्टि भएको थियो ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार १ सय १२ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३५९७ रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ५६१ रहेको छ । जसमध्ये ३० हजार ५४४ जना होम आइसोलेसनमा र ३०१७ जना संस्थागत आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५७२ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौं जिल्लामा ४३६, ललितपुरमा १८९ र भक्तपुरमा ४७ जना छन् ।।
News Desk 0 response बुधबार, असार १६, २०७८
सम्बन्धित शीर्षकहरु
-
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३
-
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३





