• दाङको सिरखोलामा बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । सल्यानबाट बाँके जाँदै गरेको रा १ ख २४३९ नम्वरको बस तुलसीपुर उपमहानगरपालिका–३ लाहुरेचौरस्थित सिरखोलामा मंगलबार बेलुका करिव साढे ६ बजे दुर्घटनामा परेको हो ।

    घाइतेहरुको राप्ती प्रादेशिक अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घाइते सबैको अवस्था सामान्य रहेको पनि प्रहरीले जनाएको छ । बस सडकदेखि झन्डै ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

4565