• पार्टीको महाधिवेशन नजिकिदै जादा कांग्रेसका उपसभापति बिमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीचको छलफलले तीव्रता पाएको छ ।

    मंगलबार तीन नेताबीच सिंह निवास चाक्सीबारीमा महाधिवशेन र सभापतिको उम्मेद्वारीका बिषयमा छलफल भएको हो । तोकिएको समयमा नै १४ औं महाधिवेशन सम्पन्न गराउने र क्रियाशिल सदस्यताका साथै समायोजनाका बिषयमा छलफल भएको नेता सिंहले बताए । अहिलेको अवस्थामा पार्टीलाई लोकतान्त्रिक पद्धती अनुसार चलाउनका लागि शुक्रबार महामन्त्री कोइराला निवासमा सवै केन्द्रीय सदस्यहरुसंग छलफल गर्ने सहमति भएको छ ।

    सिंह, कोइराला र निधि तीनै जना आगामी महाधिवेशनमार्फत् सभापति बन्न आकांक्षी हुनुहुन्छ । तीनै जना नेता महाधिवेशनका बारेमा निरन्तर छलफलमा छन् । तीन नेताका बीचमा यसअघि निधि निवास र कोइराला निवासमा छलफल भइसकेको थियो ।

4565