• पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय २० जनामा कोरोना भाइरस संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ३ सय ५३ र ३ हजार ८ सय ३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५ सय ६७ जना गरी १ हजार ९ सय २० जनामा संक्रमण पुष्टि भएको हो ।

    संक्रमितमध्ये काठमाडौं उपत्यकमा ४ सय २४ जना रहेका छन् । जसमा काठमाडौं जिल्लामा २ सय ९२, ललितपुरमा १ सय र भक्तपुरमा ३२ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३ हजार ७ जना रहेका छन् ।

    संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ६ लाख ६५ हजार ७ सय ७७ जनामा कोरोना भाइरस संक्रमण भएकामा ५ लाख ८४ हजार ३ सय ३४ जना संक्रमणमुक्त भएका छन् भने ९ हजार ९ जनाको मृत्यु भएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ३ सय ३६ पुगेको छ ।

4565