-
प्रधानमन्त्री केपी ओलीले सर्वोच्चले संसद् पुनःस्थापना गरे आन्दोलन गर्ने भनेर आफूले नभनेको बताएका छन । शनिबार विराटनगरमा भएको जनसभामा प्रधानमन्त्री ओलीले अदालत धम्की दिने गरी अभिव्यक्ति दिएको भन्दै चौतर्फी आलोचना भइरहेको बेला उनले आफनो भनाईलाई गलत व्यख्या गरिएको स्पष्ट पारेका छन । सोमबार कञ्चनपुरको वेदकोट नगरपालिकामा दैजी छेला औद्योगिक क्षेत्रका शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले संसद् पुनःस्थापना भए राजनीतिको फोहोरी खेल सुरु हुने बताएका छन् ।
संसद् पुनःस्थापना भए विकासतर्फ केन्द्रित भएको ध्यान सांसद किनबेचमा लाग्ने उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले दैजी छेला औद्योगिक क्षेत्रको काम चाँडै सुरु भएर यस क्षेत्रमा उद्योगहरु स्थापना हुने बताए । उनले ग्रामीण औद्योगिक क्षेत्र देखि ठूलठूला उद्योग धन्दा सञ्चालन गर्न सरकार तल्लीन रहेको दाबी समेत गरे । यसैगरी उनले महाकालीमा पक्की पुल, महाकाली कोरिडोर, दोधारा चाँदनीमा सुख्खा बन्दरगाहलगायतका कामहरु पनि चाँडै सुरु हुने आश्वासन समेत दिए ।
News Desk 0 response सोमवार, फाल्गुन १०, २०७७
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३