-
सर्लाहीको इश्वरपुर नगरपालिका वडा नम्बर–३ का वडाध्यक्ष सुर्य कुमार श्रेष्ठको हत्यामा सोही वडाका ठेकेदार प्रेमराज दाहालको संलग्नता रहेको आरोप लगाइएको छ । मृतकका छोरा सुमन श्रेष्ठले हिजो राती खाजा खान घरबाट फोन गरेर बोलाएर निर्घात कुटपिट गरि जेसिबिले किचेर बुबाको हत्या गरेको आरोप लगाएका ह्ुन् । उनले घटनाको निष्पक्ष अनुसन्धान हुुनुपर्ने र ठेकेदारलाइ हदैसम्मको कारवाही हुनुपर्ने माग गरेका छन् ।
घटनाबारे सूचना पाएलगतै सर्लाहीका प्रहरी निरीक्षक कृष्ण गिरीले सुक्ष्म अनुसंन्धान गरिरहेको बताएका छन् । घटनामा सलग्न ठेकेदार तथा जेसिबि धनी प्रेमराज दहालसहित चालक रविन भन्ने हर्कबहादुर तामांगलाई नियन्त्रणमा लिएर थप छानबिन गरिरहेको गिरीले जानकारी दिए ।
श्रेष्ठका आफन्तका अनुसार ईश्वरपुर नगरपालिकाका मेयर मनोज देवकोटा र ठेकेदार प्रेमराज दहालसंग विगत केहिदिन देखि श्रेष्ठको पटक–पटक विवाद हुदै आएको थियो । पछिल्लो रिसिबीका कारण मेयर देवकोटाको इशारामा वडाअध्यक्ष श्रेष्ठको हत्या भएको मृतकका भाई ओमप्रकाश श्रेष्ठले आरोप लगाएका छन् । हाल मृतक श्रेष्ठको सवलाई पोष्टमार्टम गरि दाहसंस्कारका लागि आफन्तलाई जिम्मा लगाउने काम भईरहेको प्रहरीले जनाएको छ । ईश्वरपुर नगरपालिकाका मेयर मनोज देवकोटासंग घटनाबारे जानकारी लिन खोज्दा सम्पर्क ह्ुन नसकेको बताइएको छ ।
News Desk 0 response शनिबार, असार १२, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३