• नेपालमा शुक्रबार थप २ हजा ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ५ सय ८६ पिसिआर परिक्षणका क्रममा १ हजार ७ सय २१ र ४ हजार ७ सय ६५ एन्टीजेन परिक्षणका क्रममा ७ सय ५५ जनामा कोरोना पुष्टि भएको हो ।

    यो संगै नेपालका कोरोना संक्रमितको संख्या ६ लाख ६१ हजार ८ सय ४१ पुगेको छ । त्यस्तै कोरोना कोरोनाका कारण थप २७ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ८ हजार ९ सय ४५ जनाको मत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै थप ५ हजार ४ सय ५५ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ५ लाख ७६ हजार ४ सय १३ जना कोरोनामुक्त भएका छन् । हाल नेपालमा ४५ हजार ७ सय ९४ सक्रिय संक्रमित आइशालेशन र ३ सय ७३ जना क्वारेन्टिनमा छन् । हालसम्म नेपालमा ३३ लाख १२ हजार ३ सय ३५ वटा पिसिआर र १ लाख ६६ हजार ३ सय ७ वटा एन्टीजेन परिक्षण भएको मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितमध्ये ४ सय २७ जना काठमाडौं उपत्यकाका हुन । जसमा काठमाडौंका ३०८, ललितपुरका ७६ र भक्तपुरका ४३ जना छन् । यस्तै मोरङमा ९७, सुनसरीमा ९४, गुल्मीमा ५३, झापामा ४७, सिन्धुपाल्चोकमा ४४ र मकवानपुरमा ४० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । चितवनमा ३६, सल्यानमा ३५, लमजुङमा ३४, सर्लाहीमा ३१, गोरखामा २९ र पर्वतमा २५ जना संक्रमित थपिएका छन् । यसैगरी रुपन्देही र कैलालीमा २३–२३ र नवलपरासी पूर्वमा २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

4565