-
नेकपा दाहाल नेपाल समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालबीच पार्टी कमिटी एवम् जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणमा आधा–आधा गर्ने सहमति भएको छ । पार्टी कमिटी एवम् जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड तथा आधारहरु मा दुई अध्यक्षहरुले हस्ताक्षर गरेका हुन् ।
यो मापदण्डअनुसार नेकपाको कमिटीहरुमा अब दुबै पक्षको ५०–५० प्रतिशत हुने छ । प्रदेश र जिल्लाका इन्चार्ज, सहइन्चार्ज एवम् पार्टी कमिटीहरु तथा जनसंगठनका पदाधिकारीहरुमा जुन पक्षबाट रिक्त भएको हो, त्यही पक्षबाट पूर्ति गरिने सहमति भएको छ । त्यसो गर्दा सामान्यतया ५० प्रतिशत हुने गरी मिलाउने मापदण्डमा उल्लेख छ । यस्तै पार्टी कमिटीहरू तथा जनवर्गीय संगठनका विभिन्न तहमा पदाधिकारी तथा सदस्यहरुमा कमिटीको कूल सदस्य संख्यामा पनि ५०–५० प्रतिशत हुनेगरी विशेष व्यवस्था गर्ने सहमति भएको छ ।
News Desk 0 response आइतवार, फाल्गुन ९, २०७७
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३