-
नेपालमा थप २ हजार ४ सय २१ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ४ सय ६१ वटा नमुना पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ५ सय ११ र ४ हजार ९ सय ५३ वटा नमुना एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमित हुनेको कूल संख्या ६ लाख ५६ हजार ८ सय ९१ पुगेको छ । हाल देशभर ५० हजार ५ सय २० जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप ८१ जनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको कूल संख्या ८ हजार ८ सय ९४ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ५८ जना कोरोना मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेको कूल संख्या ५ लाख ६८ हजार ४ सय ४० पुगेको छ । नेपालमा कोरोना संक्रमण निको हुने दर ९० दशमलव ५ प्रतिशत पुगेको छ ।
हालसम्म संक्रमण पहिचानका लागि ३२ लाख ९५ हजार ५ सय १४ वटा नमुना पीसीआर विधिबाट र १ लाख ५६ हजार ५ सय ४५ वटा नमुना एन्टिजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response बुधबार, असार ९, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३