• सुत्केरी व्यथा लागेर सहज रुपमा बच्चा जन्माउन नसकेर गम्भिर समस्या भएकी खोटाङकी एक महिलाको नेपाली सेनाको हेलिकोप्टरवाट उद्धार गरिएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा नं. ८ दोर्पाकी २४ बर्षीय शान्ता कट्वालको आठ महिनाको गर्भमा रहेको बच्चा जन्माउन नसकेपछि सेनाको हेलिकप्टर मार्फत उद्धार गरी उपचारका लागि काठमाण्डौँ ल्याईएको हो ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पहलमा र राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत नेपाली सेनाको हेलिकप्टरबाट शान्तालाई उद्धार गरिएको हो ।।

4565