-
पहिरोले थुनिएको तिब्बततर्फको रोङसी खोलाको तालबाट पानीको निकास भएको छ । शुक्रबार रातिबाट चीनको टिङ्ग्री काउन्टी नजिकै पहिरोले तामाकोसीको सहायक रोङसी खोला थुनिएको ३५ घण्टापछि चिनियाँ पक्षले पानीको निकास गरेको हो । ताल बनेको रोङसी खोलाबाट चिनियाँ टोलीले सुरक्षित रूपमा पानीको निकास गराएको दोलखाका प्रहरी प्रमुख भेषराज रिजालले बताएका छन । पहिरोले थुनिएको तालमा एक लाख घनमिटरभन्दा बढी पानी जम्मा भएको उनले जानकारी दिएका छन् । सावधानी अपनाएर उक्त तालबाट पानीको निकास दिइएको चिनियाँ पक्षले बताएको उनले जानकारी दिए ।
एकै पटक ताल फुटाए तामाकोसी नदीमा पानीको बहाव उच्च हुने र ठूलो संकट आउन सक्ने भन्दै उनले चिनियाँ टोलीलाई पटकपट गरेको आग्रहपछि उनीहरुले तालबाट सुरक्षित रुपमा पानीलाई निकास दिएको बताए । तत्कालका लागि तामाकोसी तटीय क्षेत्रमा संकट टरेको पनि घिमिरेले बताएका छन् ।
माथिल्लो भेगमा वर्षा जारी रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन भने उनले आग्रह गरेका छन् । रोङसीको निकासपछि तामाकोसी बहावमा केही उतारचढाव आएको छ । तामाकोसीको बहाव घटने र बढ्ने भइरहेको माथिल्लो तामाकोसी आयोजनाका वरिष्ठ इन्जिनियर विमल गुरुङले बताए ।
यद्यपि आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ । शनिवार बिहानैबाट चिनियाँ पक्षले तालबाट पानीको निकास दिने गरी काम थालेको थियो । ताल फुटाउने कि न फुटाउने भन्नेमा चिनियाँ पक्ष अन्योलमा परेको थियो । सुरक्षित रुपमा थुनिएको खोलालाई निकास दिइएको चिनियाँ पक्षले जवाफ पठाएको प्रहरीले जानकारी दिएको छ ।
News Desk 0 response आइतवार, असार ६, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३





