-
आफ्नै भान्जालाई अपहरण गरि फिरौती माग्ने मामालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।जिल्ला प्रहरी कार्यालय धनुषाले आइतवार पत्रकार सम्मेलन गरी आफ्नै भान्जाको अपहरण गरेका महोत्तरी जिल्ला पिपरा गाउँपालिका वडा नं. ७ निवासी लक्ष्मेश्वर दासलाई सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक प्रकाश रानाभाटले अनुसन्धानका क्रममा आर्थिक प्रलोभनमा परेर अपहरण गरेको पाइएको बताउनुभयो ।
धनुषाको नगइराइन नगरपालिका वडा नं. ६ स्थित लग्माबाट ७ बर्षीय चन्दन दासलाई शनिबार दिउँसो १ बजे मोटरसाइकलमा बसाएर लक्ष्मेश्वर दासले अपहरण गरेका थिए । प्रहरीले बालकलाई शनिबार साँझ ८ बजे जनकपुर उपमहानगरपालिका वडा नं. ७ कटैयाचौरीस्थित सरोज ठाकुरको घरबाट उद्दार गरेको थियो ।
बालकलाई अपहरण गरेपछि बालकको आमालाई फोन गरी मामा दासले १ करोड रुपैयाँ फिरौती मागेका थिए । त्यस लगत्तै प्रहरीले खोजी कार्य शुरु गरेको थियो । प्रहरीका अनुसार अपहरित बालकलाई परिवारजनको जिम्मा लगाईसकिएको छ भने घटनामा संलग्न रहेको आशंकामा अन्य दुईजनालाई समेत पक्राउ गरी अनुसन्धान भइरहेको छ ।
News Desk 0 response आइतवार, फाल्गुन ९, २०७७
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३

बुधबार, अशोज ७, २०८३