-
नेपालमा थप २ हजार ७ सय ६८ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो चौविस घण्टामा देशभर ७ हजार ५ सय ६९ वटा नमुना पीसीआर विधिबाट परिक्षण गर्दा १ हजार ९ सय ६३ र ५ हजार ४ सय ६८ वटा नमुना एन्टीजेन विधिबाट परीक्षण गर्दा ८ सय ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै हालसम्म कोरोना संक्रमित हुनेको कूल संख्या ६ लाख १७ हजार ९ सय ४७ पुगेको छ । हाल देशभर ५९ हजार ६ सय २४ सक्रिय संक्रमित रहेका छन् । यसैगरी पछिल्लो २४ घण्टामा संक्रमणका कारण थप ४४ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ६ सय ४१ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ४ हजार २० जना संक्रमित निको भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ५ लाख ४९ हजार ६ सय ८२ पुगेको छ ।
नेपालमा संक्रमित निको हुने दर ८९ प्रतिशत पुगेको छ । हालसम्म संक्रमण पहिचानका लागि ३२ लाख ५५ हजार ५ सय ७९ वटा नमुना पीसीआर र १ लाख ३३ हजार ६ सय २७ वटा नमुना एन्टिजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । हाल देशका विभिन्न स्थानमा ४ सय ८९ जना क्वारेन्टाइनमा रहेका छन् ।
News Desk 0 response शुक्रबार, असार ४, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३