-
नेपालमा थप २ हजार ६ सय ७ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो चौविस घण्टामा देशभर ७ हजार ७ सय ११ वटा नमुना पिसिआर विधिबाट परीक्षण गर्दा १ हजार ७ सय ६८ र ४ हजार ७ सय ७३ वटा नमुना एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय ३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै हालसम्म कोरोना संक्रमित हुनेको कूल संख्या ६ लाख १५ हजार ९ सय ८४ पुगेको छ । हाल देशभर ६१ हजार ७ सय २५ जना सक्रिय संक्रमित रहेका छन् । यसैगरी पछिल्लो २४ घण्टामा संक्रमणका कारण थप ३९ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ५ सय ९७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर २ हजार १ सय ४१ जना संक्रमित निको भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ५ लाख ४५ हजार ६ सय ६२ पुगेको छ । नेपालमा संक्रमित निको हुने दर ८८ दशमलब ६ प्रतिशत रहेको छ । हालसम्म संक्रमण पहिचानका लागि ३२ लाख ४८ हजार १० वटा नमुना पीसीआर र १ लाख २८ हजार १ सय ५९ वटा नमुना एन्टिजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response बिहिबार, असार ३, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३