-
सिन्धुपाल्चोकमा मंगलबार राति आएको बाढी पहिरोमा परी १७ जना सम्पर्कबिहिन भएका छन । सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले ३ विदेशी नागरिकसहित १७ जना सम्पर्कबिहिन भएको जनाएको छ । जसमध्ये २ जना भारतीय र एक जना चिनियाँ नागरिक समेत रहेका छन् ।
विज्ञप्तिअनुसार बेपत्ता भएकाहरूमा हेलम्बु गाउँपालिका–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योति, ६६ वर्षीया टीकामाया खड्का, ५५ वर्षीय ज्ञानेन्द्र कक्षपति, हेलम्बु–३ की ५० वर्षीया साइली तामाङ, ६ का ५० वर्षीया च्याङा तामाङ र ४२ वर्षीया काली तामाङ छन् । यसैगरी चौतारा साँगाचोकगढी नगरपालिकाका २३ वर्षीय सुरेन्द्र नेपाल, त्रिपुरासुन्दरी गाउँपालिका–१ का १९ वर्षीय विमल खत्री, १७ वर्षीय राम थापा, १६ वर्षीय सुवास जिरेल, १६ वर्षीय कमल खत्री, रेसमलाल साकी र हेमराज घिमिरे बेपत्ता छन् ।
यस्तै भारतीय नागरिक विजय वासुमन्तरी र जिनडाऔ वासुमन्तरी तथा चिनियाँ नागरिक सन यु चुवान बेपत्ता भएका छन् । बेपत्ता भएकामध्ये दुई चिनियाँ नागरिक र एक भारतीय नागरिकको शव भेटिएको छ । मेलम्ची खानेपानी आयोजनामा कार्यरत चिनियाँ नागरिक ४७ वर्षीय यु ची झु र २२ वर्षीय गोगव तियाङ सियाओ र भारतीय नागरिक कमललोचन महतोको शव भेटिएको प्रशासनले जनाएको छ ।
News Desk 0 response बिहिबार, असार ३, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३