• सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोमा परी बेपत्ता भएका सात जनाको शव फेला परेको छ । प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेल, प्रहरी र जनप्रतिनिधिले ७ जनाको शब फेला परेको जनाएका छन ।

    मृत्यु हुनेमा हेलम्बु गाउँपालिका–२ का ३३ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योति, हेलम्बु–३ का १३ वर्षीया टीकामाया खड्का, हेलम्बु–७ का ज्ञानेन्द्र कक्षपति, हेलम्बु–६ का च्याङ्बा तामाङ र चौतारा साँगाचोकगढी नगरपालिकाका २३ वर्र्षीय समुन्द्र नेपाल रहेका छन् ।

    एक जनाको सनाखत हुन बाँकी रहेको छ । मंगलबार साँझ मेलम्चीमा आएको बाढीले हेलम्बुमा जनधनको क्षति पुर्याएको हो । हेलम्बुमा तीन वटा र मेलम्चीमा एउटा गरी चार वटा पुल बाढीले बगाएको छ । सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ । हिंडेर जान सक्ने स्थिति नभएकाले प्रभावित क्षेत्रमा उद्दारका लागि नेपाली सेनाको हेलिकोप्टर र अन्य निजी हेलिकप्टरलाई परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।

4565