• गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले आफ्नो नेतृत्वको सरकार ढल्नुमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपि ओली पनि दोषी रहेको बताएका छन् । आइतबार बिहान संचारकर्मीसंग कुरा गर्दै उनले सरकार ढल्नुमा ओली पनि दोषी रहेको बताएका हुन् । निवर्तमान मुख्यमन्त्री गुरुङले ओली मात्रै सबै कारण नभएपनि सरकार ढल्नुमा उनी पनि दोषी रहेको बताए ।

    निवर्तमान मुख्यमन्त्री गुरुङले नेपालमा दुई तिहाईको सरकार सफल हुन नदिने योजना अनुसार नै काम भइरहेको भन्दै विगतमा कांग्रेसको दुई तिहाईको सरकार र अहिले नेकपाको सरकार त्यही योजनाको शिकार भएको बताए । उनले नयाँ सरकार पनि लामो समय नटिक्ने दाबी गरे । मुख्यमन्त्रीबाट हटेपछि आफूलाई पार्टीमा काम गर्न खुल्ला वातावरण मिलेको भन्दै उनले गण्डकी प्रदेशमा जुन सरकार आए पनि संघीयताको मर्म अनुसार काम हुनुपर्नेमा आफ्नो जोड रहने प्रष्ट पारे ।

4565