-
नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ४ सय ७ जनामा कोराना संक्रमण पुष्टि भएको छ । यो अवधिमा कोरोना संक्रमणका कारण ४६ जनाको मृत्यु पुष्टि भएको छ । १२ हजार ४ सय ६ नमुनाको परीक्षण गर्दा दुई हजार ४ सय ७ जनामा संक्रमण देखिएको हो । नेपालमा आजसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या आठ हजार ४ सय १२ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा तीन हजार ९ सय ९४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये काठमाडौं उपत्यकामा ६ सय ५३ जना संक्रमित थपिएका छन् । देशभर हाल ६८ हजार ९ सय ५५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये ५ हजार २ सय ११ जनाको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।
यीमध्ये १ हजार १ सय जनाको सघन कक्षमा उपचार भइरहेको छ । सघन कक्षकामध्ये ३४७ जना भेन्टिलेटर सहायतामा छन् । हालसम्म ५ लाख ३१ हजार १ सय ५ जना कोरोनाबाट निको भएका छन् । हालसम्म पिसिआर र एन्टिजेन गरी ३३ लाख २२ हजार ५ सय ५४ जनाको नमुना परीक्षण भएको छ । जसमध्ये पिसिआरबाट ३२ लाख १४ हजार ७२५ जनाको परीक्षण भएको हो ।
News Desk 0 response आइतवार, जेष्ठ ३०, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





