• अमेरिकाको फ्लोरिडास्थित ग्रोसरी स्टारमा एक व्यक्तिले गोली प्रहारबाट दुई जनाको हत्या गरी आत्महत्या गरेका छन् । गोली लागेर एक वर्षका बालक र उनकी ६९ वर्षीय हजुरआमाको मृत्यु भएको छ । गोली प्रहार गर्ने ५५ वर्षका टिमोथी जे वालले आफैंमाथि गोली हानेर आत्महत्या गरेका हुन् ।

    गोली चलाउनुको कारण भने अझै खुलेको छैन । स्थानीय अधिकारीहरुका अनुसार बन्दुकधारी र बच्चाको परिवारबीच कुनै सम्बन्ध रहेको पनि देखिएको छैन । घटनास्थलमा बालक, उनकी हजुरआमा र आक्रमणकारीसहित तीनजना मृत अवस्थामा भेटिएका थिए । अनुसन्धान अधिकारीहरुले घटनाबारे छानविन चलिरहेको र यसक्रममा ३० जनाभन्दा धेरै मानिससँग बयान लिइएको बताएका छन् ।

4565