-
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार उनलाई संविधानको धारा १६८ को ५ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।
अब नेपालीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ । प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गरेको दुई घण्टामै प्रदेश सभाका विपक्षी दलका नेता नेपाली बहुमत सदस्यहरुको हस्ताक्षर सहित प्रदेश प्रमुखको कार्यालय पुगेका थिए । उनले सशरीर ३१ सांसदसहित बहुमत पु¥याएर मुख्यमन्त्रीमा दावी पेश गरेका थिए ।
नेपाली मुख्यमन्त्रीमा नियुक्त भएसँगै गण्डकीमा नेकपा एमालेले सत्ता गुमाएको छ । प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेताको रुपमा मुख्यमन्त्री नियुक्त भएका पृथ्वीसुब्बा गुरुङ प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि पद मुक्त भएका थिए ।
News Desk 0 response शनिबार, जेष्ठ २९, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३