-
प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगर आएर अदालतलाई धम्काउने काम गरेको नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आरोप लगाएका छन ।
सुनसरीको इटहरीमा नेपाल प्रेस युनियन सुनसरीले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले अदालतले संसद पुनरस्थापना गर्याे भने अदालत पनि सेटिगंमा लाग्यो भनेर आन्दोलन गर्ने भनेर अदालतलाई धम्काउने काम गरेको पौडेलले आरोप लगाएका हुन ।प्रधानमन्त्रीले मैले राजनैतिक निर्णय गरेको हुँ त्यही अनुसार दिनु पर्छ भनेर अदालतलाई आदेश दिनु पर्छ भनेर अदालतलाई दवाव दिने काम समेत गर्दै आएको पौडेलले अरोप लगाए । आफनो पाटीले पनि ओलीका बोल्न नसक्ने हो भने लोकतन्त्र र संविधान संकटमा पर्ने भन्दै पौडेलले संसद विघटनको घटनालाई नेपाली काग्रेसको दायित्व अझ वढाएको जिकिर गरे ।
बरिष्ट नेता पौडेलले प्रधानमन्त्री ओलीले संविधान भत्काएर राष्ट्लाई संकटमा पार्ने काम गरेको भन्दै राष्ट् र संविधान बचाउन काग्रेस लाग्नु पर्छ भने । काग्रेस अहिलेको अवस्थामा चुनावको पछाडी लाग्नु नहुने तर्क समेत पौडेलले गरे ।
News Desk 0 response आइतवार, फाल्गुन ९, २०७७
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३