-
नेपाली कांग्रेसले १४ औं महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । कांग्रेस सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा शनिबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले महाधिवेशन कार्यतालिका संशोधन गर्दै केन्द्रीय महाधिवेशनको मिति ९ दिन पर सार्ने निर्णय गरेको हो ।
यसअघि भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने तय थियो । बैठकमा सभापति देउवाले महामन्त्रीमार्फत महाधिवेशनको कार्यतालिका नै संशोधको प्रस्ताव गरेको गर्नुभएको हो । संशोधित कार्यतालिकामा क्रियाशील सदस्यता छानबिन समितिले अन्तिम सदस्यता सूची २०७८ साल असार २० गतेभित्र पार्टी सभापतिलाई बुझाउने उल्लेख छ ।
त्यस्तै पार्टी सभापतिमार्फत अन्तिम सूची २०७८ असार २४ गतेभित्र केन्द्रीय निर्वाचन समितिलाई बुझाउने गरिएको छ । त्यस्तै असार ६ गते हुने भनिएको गाउँरनगर वडा अधिवेशन अब साउन ६ गते हुने पार्टी सहमहामन्त्री डा प्रकाश शरण महत्तले जानकारी दिनुभयो । गाउँ र नगरपालिका अधिवेशन साउन ११ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन १६ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाको अधिवेशन साउन २० गते हुने कांग्रेसले जनाएको छ ।
संशोधित तालिका अनुसार प्रदेश अधिवेशन २०७८ भाद्र १ र २ गते गर्ने प्रस्ताव गरिएको छ । सहमहामन्त्री महतले पदाधिकारीले तय गरेको संशोधित कार्यतालिका केन्द्रीय समितिमा पेश गरिने र छलफलपछि पारित गरिने बताउनुभयो । बैठकले पार्टीको महाधिवेशन संशोधित कार्यतालिका अनुसार गर्ने प्रतिबद्धता समेत जनाएको उहाले जानकारी दिनुभयो ।त्यस्तै बैठकले सरकारले महामारीलाई सत्ता जोगाउने कवजको रुपमा लिएको निष्कर्ष निकालेको छ । कोरोना नियन्त्रणमा सरकारले जनताका लागि केहिपनि गर्न नसकेको सहमहामन्त्री डा महतले बताउनुभयो ।
कांग्रेसले कोरोना महामारीबाट जनताको जीवनरक्षाका लागि गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएको छ । साथै छिटो भन्दा छिटो सवै नागरिकको पहुँचमा खोप पुराउन पनि सरकारलाई भनेको छ । कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बिहीबार बोलाएको छ ।
News Desk 0 response शनिबार, जेष्ठ २९, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३





