• पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७ सय ५० जना कोरोना संक्रमित थपिएका छन् । पीसीआर विधिबाट ९ हजार ५ सय ९८ वटा नमुना परीक्षण गर्दा २ हजार ७ सय ९ र एन्टिजेन विधिबाट ५ हजार ५ सय ८४ वटा नमुना परीक्षण गर्दा १ हजार ४१ जनामा संक्रमण पुष्टि भएको हो ।

    यससँगै देशभर पीसीआर विधिबाट परीक्षण गर्दा संक्रमित हुनेको कुल संख्या ६ लाख ४ हजार ३ सय ९६ र एन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमित हुनेको संख्या १८ हजार ७ सय ५५ पुगेको छ । हाल देशभर ७५ हजार २ सय ७५ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा संक्रमणबाट ६७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ हजार ३ सय ५ पुगेको छ । सोही अवधिमा ५ हजार २ सय २५ जना संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    योसँगै कोरोना संक्रमण मुक्त हुनेको कूल संख्या ५ लाख २० हजार ८ सय १६ पुगेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै काठमाडौंमा ९ सय २१ जना संक्रमित थपिएका छन् भने ललितपुरमा १ सय ६३ र भक्तपुरमा ५६ जना संक्रमित थपिएका छन् ।

4565