-
धनुषाको मुखियापट्टी मुसहरनिया गाउपाँलिकामा आज पाँच बालिकाको पानीमा डुबेर मृत्यु भएको छ । जिल्लाको दक्षिणी भेग नेपाल–भारतको सिमानामा पर्ने मुखियापट्टी मुसहरनिया गाउँपालिका–६ स्थित एकै गाउँका पाँच बालिकाको पोखरीमा डुबेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा लक्ष्मीपुरका पल्टु यादवका १२ वर्षिया छोरी लक्ष्मीनिया, जोगेन्द्र मण्डलका १० वर्षिया छोरी चन्द्रा कुमारी, राजगिर पूर्वेका १३ वर्षिया मञ्जु, जगरनाथ ठाकुरका १२ वर्षीया नातिनी चाँदनी र उतिम साह तेलीको १२ वर्षिया छोरी ललिता रहेका छन् ।
उनीहरुको बाख्रा चराउन गएका बेला पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । स्थायनीय हुलास यादवको खेतमा खनिएको करिब नौ फिट गहिरो पोखरीमा पौडी खेल्ने क्रममा डुबेर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । बाख्रा चराउन गएका अन्य दुई बालिकाको अवस्था अज्ञात रहेको छ । उनीहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ ।
News Desk 0 response शुक्रबार, जेष्ठ २८, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३