• सुरुङ परीक्षणको बहानामा मेलम्ची खानेपानी आयोजनाले राजधानीमा पानी दिन सुरु गरेको छोटो समयमै करिब दुई महिना वितरण रोक्ने भएको छ । यसबाट आयोजनाको सम्पूर्ण काम नसकिँदै सरकारले हतारमा आयोजना उद्घाटन गरेको प्रष्ट हुन्छ ।

    पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विभिन्न आयोजना हतारमा उद्घाटन र शिलान्यास गरेको आरोप लाग्दै आएको छ । सञ्चालनमा आएको छोटो समयमै मेलम्ची खानेपानी आयोजना मर्मत गर्नुपर्ने स्थितिले प्रधानमन्त्रीले जथाभाबी तरिकाले आयोजनाको शिलान्यास र उद्घाटन गरेको प्रष्ट हुन्छ ।

    निर्माण कार्य र परीक्षणका काम सम्पूर्ण सकेर नियमित रूपमा पानी वितरण सुरु गरेपछि मात्र आयोजनाको उद्घाटन हुनुपर्ने हो । तर काठमाडौं उपत्यकामा परीक्षणका रूपमा पानी झर्नेबित्तिकै सरकार उद्घाटनमा आतुर देखियो । राजनीतिक अस्थिरताका कारण सरकारको आयु अनिश्चित भएपछि प्रधानमन्त्री ओली मेलम्ची लगायतका आयोजना उद्घाटन गर्न हतारिएको देखिन्छ । कुनै पनी कामको सम्पुर्ण कार्य सकेर ठेकेदार बाट हस्तान्तरण नभएसम्म उद्धघाटन हुदैन तर प्रधानमन्त्री र राष्ट्रपतिले उद्घाटनको हतारो देखाएको नेपाल सरकारका पूर्व सचिव भिम उपाध्याय बताउँछन् ।

    मेलम्चीको सुरुङ्लाई परिक्षण र प्रविधिक समस्या समाधानका लागी पुरै पनी खाली गर्नु पर्ने भएकाले १५ दिनमा पानी खाली गरिसक्ने र सुरुङ्गको चेकजाच गरेर सकेसम्म छिटै पुन पनी वितरण गर्ने तयारी रहेको मेलम्ची खानेपानी विकास समितिको भनाई छ । त्यसका लागी ४० देखी ५५ दिनसम्म लाग्न सक्ने उनिहरु बताउँछन् ।

    आयोजनाको बेलाबेलामा परीक्षण र मर्मत हुनु स्वाभाविकै हो । तर सबै परीक्षण सकेर मात्र नियमित रूपमा पानी वितरण सुरु गरेको भए यति छिट्टै फेरि रोक्नुपर्ने अवस्था आउँदैनथ्यो । आयोजनाले आगामी असार १ देखि सुरुङमार्गको प्राविधिक निरीक्षण तथा सुपरीवेक्षण गर्ने कार्यतालिका बनाएको छ । यसका लागि ५५ देखि ६० दिनसम्म लाग्ने र यो अवधिमा पानी वितरण रोकिने जनाइएको छ ।

4565