• सिरहाको मिर्चैयामा एक जना माथि गोली प्रहार भएको छ ।मिर्चैयामा रहेको सिद्धी मेडीकल हलका संचालक राम सागर साफी माथि शनिबार साँझ पौने ८ बजे गोली प्रहार भएको छ । इलाका प्रहरी कार्यालय मिर्चैया भन्दा करिब २÷३ मिटर पूर्वमा रहेको पसल अगाडी गोली प्रहार भएको हो ।

    अज्ञात समूहले चलाएको गोलीमध्ये एक गोली उनको हातमा लागेको र एक गोली तिघ्रामा लागेको छ । धाइते साफीको मिर्चैया स्थित मंगलम अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुखले बताएका छन् । गोली चलाउने समूहको खोजी कार्य भइरहेको उनले बताए ।

4565