• प्रधानमन्त्री केपी ओलीसँगको निरन्तरको वार्तापछि जनता समाजवादी पार्टी (जसपा)को महन्थ–राजेन्द्र पक्ष अन्ततः कामचलाउ सरकारमा सहभागी हुने भएको छ । शुक्रबार बालुटारमा ओलीसँग सहमति भएसँगै जसपाको यो पक्ष सरकारमा जान तयार भएको हो ।

    जसपाले आफ्ना तर्फबाट बन्ने मन्त्रीको नाम पनि टुंग्याएको छ । जसअनुसार जसपाका वरिष्ठ नेता राजेन्द्र महतो उपप्रधानमन्त्रीसहित शहरी विकास मन्त्रालयको जिम्मेवारी पाउनेछन् । यस्तै, शरतसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाई र अनिल झा खानेपानी मन्त्री बन्ने भएका छन् ।

    लक्ष्मणलाल कर्ण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, विमल श्रीवास्तव श्रम, रोजगार, तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया वन तथा वातावरण, चन्दा चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, एकवाल मिया युवा तथा खेलकुदमन्त्री बन्ने जसपा अध्यक्ष महन्थ ठाकुरले बताए । यस्तै, चन्द्रकान्त चौधरी ऊर्जाराज्य मन्त्री र रेणुका गुरुङ महिला बालबालिका तथा जेष्ठ नागरिक राज्यमन्त्री बन्नेछन् । उनीहरुको ६ वजेपछि सपथ कार्यक्रम राखिएको छ ।

4565