• कोरोना महामारीका बेला वीगञ्जका नीजि अस्पतालहरुले भने कमाउधन्दा चलाईरहेका छन । संक्रमित लगायत अन्य विरामीहरुसंग स्वास्थ्य उपचारको नाममा मोटो रकम असुली गरिरहदा समेत स्थानीय प्रशासन मौन छ ।

    कोभिड–१९ महामारीको दोस्रो लहरले जनतालाई आक्रान्त बनाईरहेको बेला वीरगञ्जका निजि अस्पतालहरुको कमाउधन्दा सार्बजनिक हुन थालेको छ । लक्ष्मलवा चौक रहेको तराई अस्पतालले विभिन्न शुल्क वापत अनावश्यक शुल्क असुल गरेको विलहरु समाजिक संजालहरुमा सर्वजनिक भएका छन । मुसाफिर प्रसाद यादवबाट अन्य शुल्क बाहेक डिस्र्चाज शुल्क वापत १ हजार थप शुल्क लिएको पाईएको छ । अनेक शिर्षक राखेर निजि अस्पतालहरु विरामीसँग पैसा ठग्ने गरेका छन् । तराई अस्पताल प्रशासनसंग सोधपुछ गर्दा शुल्कबारे जिल्ला प्रशासन बाहेक कसैलाई जानकारी गराउन नमिल्ने भन्दै अस्पतालका कर्मचारीहरुले उल्टै धम्की दिने गरेका छन । अस्पतालमा कार्यरत एक चिकित्सकले भने अस्पतालले चर्को सुल्क उठाउने गरेको बताए ।

    निजी अस्पतालहरुले मनोमानि तरीकाले रकम असुल गरेको भन्दै गुनासो बढन थाले पछी डिसिसिएमसीको बैठकबाटै सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलको संयोजकत्वमा अनुगमन टोली बनाईएको थियो । पर्सामा स्वास्थ्य पहुचबाट आम नागरीक बन्चित नहुन भन्दै जिल्ला प्रशासन, स्थानीय तह र जिल्ला समन्वय समितीद्धारा विभिन्न अनुगमन टोली गठन भए पनि कुनै कारवाही प्रकृया अघि बढेको छैन ।

    सरकारी तथा निजी अस्पतालहरुको अनावस्यक शुल्कबारे अस्पतालहरुसंग छलफलगरी अवश्यक उपचार बाहेकको शुल्क नलिने भनेर पत्र पठाएको जिल्ला प्रशासनले बताएको छ । तर कार्यान्वन भएको छैन ।

    नीजि अस्पतालहरुले कमाउधन्दा चलाईरहदा सम्बन्धीत निकाय भने मुकदर्शक बन्दा अनुगमन टोलीको विश्वसनीयतामाथि नै प्रश्न खडा भएको छ ।

4565