• फ्रान्सले नेपाललाई कोरोना भाइरसविरूद्ध लड्न सात टन स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । फ्रान्सबाट कार्गो विमानमार्फत आएको सात टन स्वास्थ्य सामग्री नेपालका लागि फ्रान्सका राजदूत फ्रास्वा जेभियर लेगरले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरे ।

    फ्रान्सबाट ५ लाख ४ हजार मास्क, २० हजार २२५ एन्टिजेन टेस्ट, १२ हजार प्रोटेक्सन ग्लास भेन्टीलेटर सेट लगायतका सहयोग सामाग्री आइपुगेका हुन । कार्यक्रममा मन्त्री त्रिपाठीले नेपाललाई प्राप्त भएको सहयोग सामाग्रीलाई कोरोना नियन्त्रणका लागी प्रभावकारी रुपमा सदुपयोग र बितरण गरिने जानकारी दिए ।नेपालका लागि फ्रान्सका राजदूत लेगरले कोरोना महामारी नियन्त्रणमका लागि आगामी दिनमा पनि सहयोग गर्न तयार रहेको बताए ।

4565