-
लुम्बिनी प्रदेशसभाका विपक्षी दलहरुले मुख्यमन्त्री शंकर पोखरेललाई बहुमत देखाउन चुनौती दिएका छन् । बुधबार सुरु भएको प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले मुख्यमन्त्री अल्पमतमा रहेको भन्दै बहुमत देखाउन वा राजीनामा दिन आग्रह गरेका हुन् ।
मुख्यमन्त्री शंकर पोखरेल संविधानको धारा १६८ को उपधारा १ को बमोजिम नियुक्त भएपनि अहिले उनको दल एमालेको एकल बहुमत नभएको उल्लेख गर्दै विपक्षीहरुले बहुमत भए प्रदेशसभामा देखाउन चुनौती दिए । विपक्षी दलका सांसदले चर्को स्वरमा राजीनामाको माग गर्दा मुख्यमन्त्री पोखरेल भने बैठकमा उपस्थित थिएनन् ।
नेपाली कांग्रेसका सांसद शंकर गिरीले संविधानको धारा १६८ उपधारा १ वा २ कुन उपधारा अनुसारको मुख्यमन्त्री हो भनी प्रश्न गरे । जनता समाजवादी पार्टीका सांसद सहसराम यादवले गत वैशाख १९ गते विपक्षी दलहरुले ४२ जनाको हस्ताक्षरसहित माओवादी केन्द्रका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री प्रस्ताव गरे पनि प्रदेश प्रमुखले अल्पमतको नेतालाई मुख्यमन्त्री नियुक्त गरेको बताए ।
माओवादी केन्द्रका सुदर्शन बरालले केन्द्रमा विपक्षी दलले बहुमत सांसदको हस्ताक्षर बुझाउँदा पनि प्रधानमन्त्री ओलीले सरकार नछाड्नु कुन नैतिकता हो भन्ने प्रश्न गरे । उनले केन्द्रको समस्या प्रदेशमा पनि सरेको बताए । राष्ट्रिय जनमोर्चाकी सांसद तारा जीसीले मुख्यमन्त्री अविश्वास प्रस्तावबाट पटक–पटक भाग्नुले सरकार बहुमतमा छैन भन्ने पुष्टि भएको बताइन् । एमाले सांसद लिला गिरीले सरकार अल्पमतमा नपरेको दाबी गर्दै समयक्रममा बहुमत देखाउने बताए । प्रदेशसभाको अर्को बैठक जेठ २१ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।
News Desk 0 response बुधबार, जेष्ठ १९, २०७८
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





