-
सरकार र थारुहट÷थारुवान संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । टीकापुर घटनाका आरोपि धनीराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरी लगायतमाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका कानूनसम्मत पहल गर्ने सहमति भएको हो ।
सहमति पत्रमा सरकारका तर्फबाट कानून मन्त्री लीलानाथ श्रेष्ठ र थारुहट÷थारुवान संयुक्त संघर्ष समितिका तर्फबाट रुकमिणी चौधरीको हस्ताक्षर गरेका छन । वार्ता टोलीमा सरकारको तर्फबाट राजन भट्टराई र भगवती चौधरी सदस्य थिए । त्यस्तै संघर्ष समितिका सदस्यमा प्रेमीलाल चौधरी, पद्मनारायण चौधरी, प्रभात चौधरी र चन्द्रप्रसाद चौधरी थिए ।
दुई पक्षबीच थरुहट÷थारुवान आन्दोलनका क्रममा शहीद भई राहत प्राप्त गर्न छुटेका परिवारलाई राहत उपलब्ध गराउने, शहीद परिवारको उचित व्यवस्थापन गर्ने, घाइतेहरुको उपचार गर्ने र आन्दोलनका क्रममा विभिन्न स्थानमा भएको धनजनको क्षतिको छानविन र मुल्याङ्कन गरी क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको छ । सहमतिमा संविधान संशोधनको आवश्यकता र औचित्यका आधारमा राजनीतिक दलहरूबीच सहमति कायम गरेर सम्बोधन गरिने पनि उल्लेख छ ।
News Desk 0 response मङ्लबार, जेष्ठ १८, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३