-
राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसुन खतरायुक्त हुनसक्ने बताएको छ । सञ्चारमाध्यमसंग सोमबार कुरा गर्दै प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले अघिल्लो वर्षको भन्दा धेरै वर्षा हुने र बाढी, पहिरो तथा रोगब्याधिले धेरैलाई असर गर्नसक्ने बताएकाहुन । उनले दक्षिण एसियाको मौसम सम्बन्धी आउटलुकमा गरिएको पूर्वानुमान अनुसार सरदरभन्दा बढी पानी पर्ने देखाएको बताए ।
अघिल्लो वर्ष कम पानी परेको अवस्थामा पनि बाढी र पहिरोको धेरै घटना घटेको हुँदा यस वर्ष विपतको घटना कहालीलाग्दो हुनसक्ने बताए । उनले भने – ‘पोहोरभन्दा यसपाली झन गाह्रो अवस्था आइपुगेको छ । पोहोर सरदर वर्षा हुँदा अकल्पनीय क्षती बेहोर्नुप¥यो । यो वर्ष झन् कहालीलाग्दो किन छ भने मौसम आउटलुक जुन तयार पारिन्छ, सरदरभन्दा बढी पानि पर्ने देखिएको छ । बाढी, पहिरोको घटना र अन्य रोगव्याधिका घटना नि बढ्ने देखेका छौँ ।’
डा. पोखरेलले बाढी, पहिरो, रोगव्याधी, सर्पदंश लगायतले १२० दिनसम्म पिरोल्ने भएकाले विपत् बाट बच्न पूर्वतयारी आवश्यक रहेको बताए । जोखिमका बस्तीहरु छन् भने अहिलेदेखि नै सुरक्षित हुने उपाय अवलम्बन गर्नुपर्ने उनको भनाई छ । उनले भने – ‘हरेक व्यक्ति, समुदायको आ–आफ्नो ठाउँमा पूर्वतयारी गर्नु आवश्यक छ ।
जोखिमका वस्तीहरु छन् भने सुरक्षित हुन अविलम्ब उपाय शुरु गर्नुपर्छ । सर–सामग्रीको जोहो गर्ने बेला यही हो । यो तयारी शुरु गरौँ ।’
News Desk 0 response सोमवार, जेष्ठ १७, २०७८
उनले विपत् बाट बच्नका लागि र जानकारी प्राप्त गर्नका लागि सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आफुहरुले प्रेसित गर्ने सन्देशहरु निरन्तर हेर्न, पढ्न र सुन्न पनि आग्रह गरे ।
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३





