-
सुनसरीको धरानमा बिहीबार साँझ घरेलु हतियारसहित आएको समूहले अस्थायी प्रहरी चौकीमा आक्रमण गरेको छ । तरबार, खुकुरी, भालासहित आएको समूहले धरान १५ मा रहेको अस्थायी चौकीका प्रमुख असई सुमन दाहालमाथि आक्रमण गरेको हो ।
स्थानीयवासी बीचमा भएको झगडाका विषयमा छलफल चलिरहँदा एक दर्जनको समूहमा आएका युवाहरुले चौकी प्रमुख दाहालमाथि आक्रमण गरेका हुन् ।
दुई समूहबीचको विवादका क्रममा घरेलु हतियारसहित आएको समूहले प्रहरी चौकीका असई दाहाललाई आक्रमण गरेको सुनसरीका प्रहरी प्रमुख कमल थापाले बताए । घटना भएको बेला अस्थायी प्रहरी चौकीमा ४ जना प्रहरी मात्रै थिए ।
घाइते असईको अहिले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । उनको देब्रे हातको नाडीमा खुकुरीले काटिएको छ ।
घटनाबारे प्रहरीले थप केही जानकारी दिएको छैन । स्थानीयवासीले बताएअनुसार जाहेरी दिन आएका व्यक्तिलाई खोज्दै प्रहरी चौकीमा प्रवेश गरेका दर्जन बढी हतियारधारी युवाहरुले आक्रमण गरेका प्रारम्भीक जानकारीप्राप्त भएको छ।
News Desk 0 response बिहिबार, जेष्ठ १३, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३