-
नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्री निबास बालुवाटारमा शनिबार बसेको एमाले स्थायी कमिटी बैठकले कांग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
पार्टी नेतृत्वको सरकारविरुद्ध गएर विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने एमालेका २६ सांसद मध्ये ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
नेता नेपालसहित झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खातुन, लक्ष्मी कुमारी चौधरी, निरादेवी जैरुलाई स्पष्टीकरण सोधिएको उहाले जानकारी दिनुभयो । अन्य नेतालाई बेग्लै छलफल गरेर यथार्थ बुझ्ने ज्ञवालीले जानकारी दिनुभयो । ज्ञवालीले नयाँ प्रधानमन्त्री बन्न नसकेकाले संविधान अनुसार नै संसद बिघटन र निर्वाचनको घोषणा गरिएको बताउनुभयो ।
बैठकले कोरोना महामारीको नियन्त्रण र रोकथामका साथै संक्रमितको उपचारका लागि गम्भीर सरकारलाई सुझाव दिदै पार्टी पंक्तिलाई यस कार्यमा जुट्न आग्रह गरिएको ज्ञवालीले बताउनुभयो ।
News Desk 0 response शनिबार, जेष्ठ ८, २०७८
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३

सोमवार, बैशाख ७, २०८३