• एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले पार्टी भित्रैबाट सरकारलाई असहयोग भएको र त्यो असहयोग पार्टी भित्र मात्रै सिमिति भएर सिंगो प्रणालीमाथि नै परेको भन्दै त्यसको हिसाबकिताब गरिने बताउनुभएको छ ।

    आफ्नै दलको सरकार ढाल्न प्रतिनिधिसभाको बैठकमा अनुपस्थित गराउने, फ्लोर क्रस गर्ने र आफ्नै पार्टीका उम्मेदवारलाई हराउन विपक्षीदलसंग मिलेमतो गरि त्यसको नेतृत्व नै गर्ने काम भएको भन्दै उहाँले त्यस्ता गतिविधिको समस्या समाधान गरिने बताउनुभयो । उहाँले आगामी दिनमा पार्टीलाई त्यस किसिमका फोहोरी खेलबाट सिद्धान्त, गन्तव्यनिष्ठ, संगठित, अनुशासित रुपमा विकास गरिने बताउनुभयो ।

    उहाँले भन्नुभयो “एमाले भित्रको समस्या राष्ट्रिय चासो र समस्याको विषय हुनुपर्ने थिएन यदि प्रणालीकै मुल्य मान्यतालाई धज्जी उडाउने, घात गर्ने हुदैनथ्यो भने । प्रणालीमा फ्लोर क्रस गरायो । संसदीय व्यवस्थामा फ्लोर क्रस गर्ने कुरा लोकतन्त्रमा अस्वभाविक, असाधारण अनैतिक र अपराधपुर्ण मानिन्छ । दण्डनिय मानिन्छ । त्यसैगरी पार्टीले उम्मेदवार बनाएकालाई हाम्रै पार्टी भित्रका केही मानिसहरु विपक्षीसंग मिलेर साँठगाँठ गरेर साँठगाँठको अगुवाईकर्ता भएर कार्यकर्तालाई पदको प्रलोभनमा इमान आदर्शबाट च्युत गराएर आफ्नै पार्टीको कार्यकर्तालाई हराउने देखि लिएर पार्टीका सांसदहरुलाई अनुपस्थित गराएर सरकार ढाल्ने प्रयास गराउने कुरा लोकतनन्त्रिक आचरण विपरितको कुरा होइन र ? लोकतन्त्र भनेको छाडातन्त्र, अराजकतन्त्र त होइन ।

    लोकतन्त्रलाई धज्जी उडाउने कामको समाधान हामी गछौ । अनुसासनहिन र अराजकतामा पार्टी चल्दैन । पार्टीलाई अहिले देखिएको फोहरी खेल मैदानबाट सिद्धान्त र गन्तव्यनिष्ट, संगठित, अनुशासित रुपमा विकास गरिने छ । चरम अलोकतान्त्रिक, अनुशासन हिन काम हिजो मात्रै पनि गर्नुभएको छ । यसको हिसावकिताव त गर्ने पर्छ । गर्ने छौ । ”

    प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको फागुन २३ गतेको निर्णय पार्टी फुटाउने नाम जुधेकाले नाम नजुधाई पुन दर्ता गर्न आउनु भन्ने आदेश गरेको त्यसले पार्टी एकता पुर्वको स्थितिमा पुराएको स्पष्ट पार्नुभयो । उहाँले पार्टी एकिकृत भएर जाउँ भनेर आफुले पहल गरेपनि वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चासो नदिएको बताउनुभयो ।

4565