-
लामो समयमो अन्र्तराल पछी पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाह शुक्रबार एकसाथ देखीएका छन्। झापाको होटल मेची क्राउनमा पूर्वयुवराज दम्पत्ती आमने सामने भएका हुन्।
पूर्वरानी कोमल शाहको ७१ औं जन्मोत्सवको अवसरले यो साइत जुराएको हो। पूर्वराजा ज्ञानेन्द्र शाहसहित राजपरिवारका सबै सदस्य धुलाबारीस्थित होटलमा पुगेका छन्।यसअघि पारसबाहेक राजपरिवारका सदस्य मात्र जन्मोत्सवमा सहभागी हुने बताइएको थियो। पूर्वयुवराज यसअघि पोखरातिर व्यस्त थिए भने हिमानी काठमाडौं, थाइल्यान्डतिर मात्र हुने गरेकी थिइन्।
जन्मोत्सवले यो अवसर जुराएको हो। उनीहरूबीच सामान्य बोलचाल भएको बताइएको छ। राजपरिवारका सदस्यले सामूहिक तस्बिर समेत खिच्नुका साथै जन्मोत्सवका लागि एक साता होटल बुक गरिएको छ।
बुधबारदेखि राजपरिवारका सदस्य होटलमा बसेका छन्। पूर्वराजा रानी भने लामो समयदेखि झापास्थित हिमालय टि स्टेटस्थित निवासमा बस्दै आएका थिए। हिउँद लाग्नासाथ उनीहरू हरेक बर्ष झापा पुग्ने गरेका छन्। यहि मेसोमा जन्मोत्सव मनाइएको हो।
News Desk 0 response शुक्रबार, फाल्गुन ७, २०७७
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३ -
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३