-
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीलाई १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री कार्यालय सिंहदरवार पुगेर कोरोना व्यवस्थापनमा सरकार असफल भएको र गैरजिम्मेवारी बढेको निस्कर्षसहित ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
कांग्रेसले बुझाएको ज्ञापन पत्रमा कोरोना महामारीको पहिलो चरण भन्दा यो चरण कैयौ गुणा भयावहसिद्ध भएको अवस्थामा सीमा नाकाहरुको समयमा नै समुचित व्यवस्थापनगर्नेतर्फ सरकारको गम्भीर ध्यान नहुँदा पनि यो अवस्था सृजना भएको उल्लेख छ । भेटपछि सहमहामन्त्री डा प्रकाशशरण महतले अक्सिजन लगायत अन्य आवश्यक औषधीहरुको आपूर्तिमा देखिएको कार्टेलिङ, कालोबजारी र जम्माखोरीलाई तत्काल रोक्नुपर्ने माग गरिएको जानकारी दिए ।
कांग्रेसले तत्काल कोरोना विरुद्धको खोपको सुनिश्चितता गर्नुपर्ने, औषधी खरिदमा भएको अनियमितताको छानविन गर्नुपर्ने, अक्सिजन कन्सेनट्रेटर, अक्सिजन प्लान्ट र अक्सिजन सिलिण्डरको तत्काल आपूर्ति सुनिश्चित गरी पारदर्शी वितरणको व्यवस्था गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
त्यसैगरि संक्रमणको तेश्रो लहरले बालबालिकाहरु समेत गम्भीर रुपमा प्रभावित हुने विज्ञहरुले प्रक्षेपण गरिरहेको स्थितिमा बालबालिकाहरुलाई संक्रमणबाट जोगाउने विशेष सचेतना अभियान तत्काल थाल्नुपर्ने, औषधीहरुको आपूर्तिमा देखिएको कार्टेलिङ, कालाबजारी र जम्माखोरीलाई तत्काल रोक्नुपर्ने, र कोरोना रोकथाम र उपचारका साथै कोरोना प्रभावित निम्न आय भएका आम नागरिक, श्रमिक वर्ग र श्रमजीवी पत्रकार, साना र मध्यम स्तरका व्यवसायीहरुको जीवन निर्वाहको आवश्यकताहरुलाई लक्षित गरी आर्थिक राहत प्याकेजको व्यवस्था गर्न माग गरेको छ ।
News Desk 0 response बिहिबार, जेष्ठ ६, २०७८
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३

सोमवार, बैशाख ७, २०८३